एनआईसी एशिया लघुवित्तको नाफा ३० प्रतिशत घट्यो

0
Shares

एनआईसी एशिया लघुवित्तको खुद नाफा ३०.३९ प्रतिशतले घटेको छ । लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३० करोड ३० हजार रुपैयाँ मात्र खुद नाफा कमाएको छ ।

अघिल्लो आवको सोही अवधमिा कम्पनीले ४३ करोड १० रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेपछि कम्पनीको खुद नाफामा असर पुगेको हो । कम्पनीको वितरणयोग्य नाफा ८४ करोड ६७ लाखबाट घटेर ७५ करोड ६६ लाख ८ हजार रुपैयाँ छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ, जगेडा कोष २१ प्रतिशतले बढेर ७१ करोड १६ लाख २४ हजार कायम भएको छ । गत आवमा लघुवित्तले बैंक तथा वित्तीय संस्थाहरुबाट १३ अर्ब ७० करोड ६६ लाख रुपैयाँ सापटी लिएर तथा २ अर्ब २३ करोड १८ लाख निक्षेप संकलन गरेर १८ अर्ब ३करोड ९७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

लघुवित्तको खुद ब्याज आम्दानी २७.४६ प्रतिशतले घटेर १ अर्ब ९ करोड २० लाख ८५ हजार रुपैयाँमा झरेको छ । यस्तै सञ्चालन नाफा २५.९० प्रतिशत घटेर ४३ करोड २ लाख ७९ हजार रुपैयाँमा सीमित भएको छ ।

असार मसान्तसम्म लघुवित्तको प्रति सेयर आम्दानी १७ रुपैयाँ २५ पैसा कायम भएको छ । अघिल्लो आवमा प्रतिसेयर आम्दानी २४ रुपैयाँ ७८ पैसा रहेकोमा गत आवमा ७ रुपैयाँ ५३ पैसा घटेको हो ।

कम्पनीको खराब कर्जा पनि १.४३ प्रतिशत बिन्दुबाट बढेर ४.६४ प्रतिशत पुगेको छ । लघुवित्तको खराब कर्जा बढेसँगै इम्पेरिमेन्ट चार्ज ११ करोड ६१ लाख ६१ हजार पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ४८ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।