समता घरेलु लघुवित्तको मुनाफा खस्कियो

0
Shares

समता घरेलु लघुवित्तको खुद नाफा घटेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको नाफा अघिल्लो आवको तुलनामा २७८ प्रतिशतले घटेको हो ।

कम्पनीले गत आवमा ५ करोड ७४ लाख ७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा ७ करोड ९७ लाख २६ हजार रुपैयाँ थियो । खुद ब्याज आम्दानी १४.५६ प्रतिशतले घटेसँगै कम्पनीको मुनाफा प्रभावित बनेको हो ।

गत आवमा लघुवित्तले १९ करोड २० लाख ३ हजार रुपैयाँ खुद ब्याज आम्दानी संकलन गरेको छ । खराब कर्जा वापतको ८ करोड ५२ लाख नोक्सानीपछि सञ्चालन नाफा १ करोड ८८ लाख १३ हजार रुपैयाँ सञ्चालन नोक्सानीमा पुगेको छ ।

कम्पनीको चुक्ता पुँजी १५ प्रतिशत बढेर ३९ करोड ४१ लाख ५५ हजार रुपैयाँ पुग्दा जगेडा कोष ३३.८१ प्रतिशतले घटेर १२ करोड ३६ लाख २६ हजार रुपैयाँ कायम भएको छ । गत आवमा लघुवित्तले बैंक तथा वित्तीय संस्थाहरुबाट १ अर्ब ४० करोड ६७ लाख रुपैयाँ सापटी लिएर तथा सदस्यहरुबाट ९८ करोड १४ लाख निक्षेप संकलन गरी २ अर्ब ९० करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

असार मसान्तसम्म लघुवित्तको प्रति सेयर आम्दानी १४ रुपैयाँ ५६ पैसा कायम भएको छ । अघिल्लो आवमा प्रतिसेयर आम्दानी २३ रुपैयाँ २६ पैसा रहेकोमा गत आवमा ८ रुपैयाँ ७० पैसाले घटेको हो ।

कम्पनीको खराब कर्जा पनि ३.७६ प्रतिशत बिन्दुबाट बढेर ४.५१ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ३६ पैसा, कष्ट अफ फन्ड १०.६९ प्रतिशत छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।