प्रमुख प्रशासन अधिकृतसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

0
Shares

रुपन्देहीको मर्चवारी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित सात जनाविरुद्ध १३ लाख ४५ हजार रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार अर्यालविरुद्ध आर्थिक वर्ष २०७७/०७८ मा सम्पन्न भएका वडा नं.३ मा गरिएका विकास निर्माणका कामहरु, मर्चवारी गाउँपालिकामा सौर्य उर्जा प्रविधि जडान कार्य, वडा ६ र ७ मा भएका विकासका कामहरुमा सो रकम भ्रष्टाचार गरेको आरोप लागेको हो ।

तत्कालीन प्रशासकीय अधिकृत अर्यालसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पवनकुमार अर्याललाई १३ लाख ४५ हजार रुपैयाँ भ्रष्टाचारको आरोप छ ।

आयोगका अनुसार वडा सचिव गुलाव यादवलाई दुई लाख, तत्कालीन वडा अध्यक्ष नारायणबहादुर यादवलाई पाँच लाख, प्रोपाइटर विनोदबाबु तिवारीलाई ८५ हजार, तत्कालीन गाउँ कार्यपालिका सदस्य राजेश हरिजनलाई तीन लाख ६० हजार र प्रोपाइटर अमरीश यादवविरुद्ध दुई लाख भ्रष्टाचारको आरोप लागेको छ ।

आरोपितमाथि भ्रष्टाचार निवारण ऐन बमोजिम सजाय हुन मागदाबी लिई बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।