सिद्धार्थ क्यापिटलका दुई योजनाको प्रतिफल घोषणा

0
Shares

सिद्धार्थ क्यापिटल लिमिटेड अन्तर्गत सञ्चालित दुई योजनाहरूले गत आर्थिक वर्ष ०७९/८० को प्रतिफल घोषणा गरेका छन् ।

साउन ३२ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो।

क्यापिटलको साउन ३२ गते बसेको सञ्चालक समितिको बैठकले सिद्धार्थ इक्विटी फण्डका इकाईधनीहरूका लागि ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ का इकाईधनीहरूका लागि ६ दशमलव ५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

यी दुई योजनाको प्रतिफल कर समेत हुने जानकारी योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले दिएको छ ।

क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ का इकाईधनीहरुलाई भने कुनै प्रतिफल वितरण नगर्ने निर्णय गरेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।