भदौको पहिलो दिन सुनको मूल्य स्थिर, बढ्यो चाँदी


आज शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला ८०० रुपैयाँ घटेको सुनको भाउ शुक्रबार स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ४०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ३९० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १ हजार ८९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।