गुराँस लघुवित्तको आईपिओ भर्ने आज अन्तिम दिन, हिजोसम्म १६ गुणा बढी आवेदन

0
Shares

गुराँस लघुवित्तले बैशाख १६ गते सोमबार देखि सर्वसाधारणको लागि निष्काशन गरेको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । लघुवित्तले २ लाख ३३ हजार ६२५ कित्ता शेयर आईपिओ सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ ।

कुल निष्काशित २ लाख ५० हजार कित्ता सर्वसाधारण शेयर मध्ये ३ हजार ८७५ कित्ता कम्पनीका कर्मचारीका लागि र १२ हजार ५०० कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएर बाँकी रहेको २ लाख ३३ हजार ६२५ कित्ता शेयर सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।

लघुवित्तको आईपिओमा न्युनतम १० कित्ता देखि अधिकतम ५०० कित्ता सम्म आबेदन गर्न सकिनेछ । इच्छुक लगानीकर्ताले आज शुक्रबार बेलुका ५ बजेसम्म आवेदन गर्न पाउनेछन् । लघुवित्तको आईपिओमा मेरो शेयर तथा सि आश्वा प्रणाली मार्फत आबेदन गर्न सकिनेछ ।

लघुवित्तको आईपिओमा विहीबार साँझासम्म माग भन्दा १६ गुणा बढी आवेदन परिसकेको छ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईपिएल एस क्यापिटल रहेको छ ।

लघुवित्तको जारी पूँजी ७ करोड ७५ लाख रुपैयाँ रहेको छ भने संस्थापक समूहबाट ५ करोड २५ लाख रुपैयाँ चुक्ता भैसकेको छ ।