कोष कर्मचारी संघमा नयाँ कार्यसमिति चयन


नेपाल वित्तीय संस्था कर्मचारी संघ, नागरिक लगानी कोषमा नयाँ कार्यसमिति चयन भएको छ । राजधानीमा आयोजित तेस्रो केन्द्रीय अधिवेशनद्धारा नयाँ कार्यसमिति चयन गरिएको हो ।

कार्यसमितिको अध्यक्षमा अच्युतम पौडेल, उपाध्यक्षमा शान्ता ढुंगाना, महासचिवमा सूर्य प्रसाद दहाल, उप महासचिवमा अनिल बस्नेत र कोषाध्यक्ष्मा बिमलेश यादव चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा प्रदिप अधिकारी, सल्यान के.सी, निशा खतिवडा, रविन बि.क, प्रकाश गौतम रहेका छन् । महिला संयोजकमा मिनाक्षी पन्त र युवा संयोजकमा नरेन्द्र सुनार रहेका छन् । उक्त अधिवेशनको उद्घाटन समारोहमा नेपाली कांग्रेसका सह–महामन्त्री तथा सांसद बद्रि पाण्डेले सम्बाेधन गरेका थिए । त्यसैगरी, बिषेश अतिथीको रुपमा नेपाल ट्रेड युनियन कंग्रेसका अध्यक्ष योगेन्द्र कुंवरले ट्रेड युनियनको भुमिकाबारे धारणा राखेका थिए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।