नविल बैंकको २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


नविल बैंकले २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको सेयर बिक्रीमा ल्याएको हो ।सेयर खरिदको लागी संस्थापक सेयरधनीलाई प्राथमिकता दिइएको छ । आम सर्वसाधारणले यस पटक सेयर खरिद गर्न नपाउने बैंकले जनाएको छ ।

सेयर खरिदको लागि इच्छुक संस्थापक सेयरधनीले आज भदौ ११ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय तिनधारा दरबारमार्ग काठमाण्डौंमा गोप्य खामबन्दी निवेदन दिनु पर्ने छ । ३५ दिन भित्र संस्थापक सेयरधनीबाट निवेदन नआएमा भने अन्य व्यक्ति, संस्था वा कम्पनीलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।