आन्तरिक मामिला मन्त्रालयले माग्यो ७१ जना कर्मचारी (सूचनासहित)


बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले ७१ जना कर्मचारी माग गरेको छ । मन्त्रालयले २०८१ असार मसान्तसम्मका लागि करारमा कर्मचारी नियुक्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो ।

प्रदेशभित्रका गाउँपालिकामा रिक्त स्थानीय न्यायिक सहजकर्ता पदका लागि दरखास्त आह्वान भएको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आज भदौ १२ गतेदेखि १५ दिनभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । आवेदन अनलाइन मार्फत दिन सकिने मन्त्रालयले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।