स्थानिय बजारमा भारतबाट आउने ठूलो गोलभेडाको भाउ घटेको छ । भारतमा उत्पादन बढेको र आयात पर्याप्त मात्रामा भएकोले भाउ घटेको कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय अधिकारीले बताए ।
भदौ ६ गते ठूलो गोलभेडा १५५ रुपैयाँमा किनबेच भइरहेको थियो । भारतमा उत्पादन बढेसँगै ठूलो गोलभेडाको भाउ ७५ रुपैयाँमा सिमित भएको छ । नेपालमा उत्पादन हुने ठूलो गोलभेडाको भाउ पनि आरालो लागेको छ ।
एक साता अघि ११० रुपैयाँमा किनबेच भएको ठूलो गोलभेडा अहिले ७५ रुपैयाँमा किनबेच भइरहेको छ । लोकल गोलभेडाको भाउमा भने सामान्य मात्र परिवर्तन देखिएको छ । सानो गोलभेडाको आजको भाउ प्रतिकेजी ५५ रुपैयाँ रहेको छ ।
बुधबार कुन तरकारीलाई कति पर्छ ?
कालिमाटी फलफूल तथा तरकारी बजारमा घिउ सिमी लोकलको न्यूनतम मूल्य १००, काउली स्थानीयको न्यूनतम मूल्य ९०, स्थानिय काउली (ज्यापु) ११०, भारतीय आलु रातोको न्यूनतम मूल्य ३५, मुडे आलु रातोको न्यूनतम मूल्य ५०, सुकेको प्याज (भारतीय) ७२ रुपैयाँ, लौका ७० रुपैयाँ, हरियो फर्सी ८० रुपैयाँ, घिरौँला ६० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ । यद्यपी ठाउँ अनुसार मूल्य भने फरक फरक पर्ने हुन्छ ।
त्यसैगरी बन्दा लोकलको न्यूनतम मूल्य ७५, रातो बन्दाको न्यूनतम मूल्य प्रतिकेजी १५०, मूला सेतो ९०, मूला रातो ७०, भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०, मकै बोडी १००, टाटे सिमी ९०, तितो करेला ९०, घिरौला ६०, ब्रोकाउली २५०, न्यूरो ८० रुपैयाँ, चुकुन्दर ७०, तामा ९० अदुवा प्रतिकेजी २५० रुपैयाँ रहेको समितिले जनाएको छ ।
यस्तै डल्लेच्याउको न्यूनतम मूल्य प्रतिकेजी ३५० रुपैयाँ, कन्य च्याउ २५०, कागती १४० रुपैयाँ, गाजर ११० रुपैयाँ तोकिएको छ ।
समितिका अनुसार कुरिलो प्रतिकेजी ४५० रुपैयाँ, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ, रहु माछा ३१५, छडी माछा २३५, ताजा माछा ९मुंगरी० २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।
हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २००, गुन्दुक प्रतिकेजी २८०, भारतीय प्याज सुकेको ७३, लसुन हरियो १८०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, तोफु ११०, पिँडालु ६०, तामा ९०, कन्य च्याउ १६०, तने बोडी प्रतिकेजी ९० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, केरा दर्जनको १५०, अनार ३०० रुपैयाँ, नासपाती ७०, आभोकाडो २५० रुपैयाँ, कालो अंगुर ४००, किवी ७००, लप्सी प्रतिकेजी ६०, रुख कटहर ४०, शरीफा २५०, फूजी स्याउ ३५०, अम्बा १२०, जुनार ३०० रुपैयाँ रहेको समितिले जनाएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया