प्रभु बैंकको तौलिहवा शाखा सञ्चालनमा

0
Shares

प्रभु बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आजदेखि कपिलवस्तुको तौलिहवामा आफ्नो २०२ औं शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकको तौलिहवा शाखा कार्यालयको उद्घाटन कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले गरे ।

यो शाखा सहित प्रभु बैंकको कुलशाखा संख्या २०२, एक्सटेन्सन काउन्टर संख्या ३८, शाखा रहित सेवा केन्द्र १७ र एटिएम संख्या १५२ पुगेको छ ।

बैंकको तौलिहवा शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकले तौलिहवा शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएको छ ।