नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २३५ रुपैयाँ बढाएको छ । नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर १ हजार ८९५ पुगेको छ । यसअघि ग्यास सिलिन्डरको १ हजार ६६० थियो ।
यस्तै निगमले पेट्रोलियम पदार्थको भाउ पनि बढाएको छ । नयाँ खरिद मूल्यअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ र डिजेल\मट्टितेलमा ३ रुपैयाँ बढाइएको हो ।
पेट्रोल काठमाडौंमा प्रतिलिटर १८२ र डिजेल\मट्टितेल प्रतिलिटर १७० पुगेको छ । यसअघि पेट्रोल १७८ र डिजेल\मट्टितेल १६७ रुपैयाँ थियो । निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६७ रूपैयाँ ५० पैसा पर्नेछ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १८१ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १६९ रूपैयाँ पर्नेछ। तेस्रो वर्गअन्तर्गत काठमाण्डौं , पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १८२ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १७० रूपैयाँ पर्नेछ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया