रिलायबल नेपाल लाइफको छैटौं वार्षिकोत्सवको अवसरमा छुट

0
Shares

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो छैटौं वार्षिकोत्सवको अवसरमा व्यतित बीमालेख नवीकरणमा बिलम्ब शुल्कमा शतप्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ ।

योजना अनुसार कम्पनीबाट जारी भएका बीमालेखहरु नवीकरण गर्दा बिलम्ब शुल्कमा शतप्रतिशत छुट सुविधा पाउनेछन् । उक्त छुट सुविधा भदौ १५ देखि भदौ ३१ गते सम्म लागू हुने कम्पनीको भनाई छ ।

पुनर्जागरण सुविधा अन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र छुटको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनै पनि बीमालेख ब्यतीत रहँदा बीमितले रक्षावरण सुविधा गुमाउने हुन्छ । तर कम्पनीले ल्याउने यस्ता स्कीम मार्फत बीमितले पुनरजागरण गर्दा विलम्ब शुल्क भुक्तानी गनुपर्दैन । नवीकरणको समय सकिएका बीमितहरुले विलम्ब शुल्क बिना नै बीमालेख नवीकरण गर्न सक्नेछन् ।

विभिन्न अनलाइन भुक्तानी प्रदायक संस्थाहरुबाट बीमालेख नविकरण गर्न सकिनेछ । जसमा नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएस, फोनपे सर्भिसको इसेवा, आइएमई ग्रुपको आईएमई पे र खल्ती रहेका छन् । यसरी भुक्तानी गरिसकेपछि रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको इमेल ठेगानामा भुक्तानी गरेको भौचरको स्क्यान कपि पठाउन समेत कम्पनीले आग्रह गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।