साधना र सबैको लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोकियो


साधना लघुवित्त वित्तीय संस्था लिमिटेड र सबैको लघुवित्त वित्तीय संस्थाबीच शुक्रबार भदौ १५ गते मर्जरको प्रारम्भिक समझदारीपत्रमा सम्झौता भएको छ ।

मर्जरका लागि सम्झौता भएसँगै दुवै कम्पनीको आधारभूत सेयरधनीहरुको सेयर कारोबार आइतबारदेखि नै रोक्का गरिएको छ । आधारभुत सेयरधनीहरुको सेयर कारोबार साधारण सभा सम्पन्न नभएसम्मका लागि कारोबार रोक्का रहनेछ ।

प्रारम्भिक समझदारी पत्रमा साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष कृष्ण बहादुर थापा र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट अध्यक्ष नारायण प्रसाद जोशीले हस्ताक्षर गरेका छन् ।

हाल साधनाको चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार रुपैयाँ रहेको छ । यस्तै, सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । मर्जरका लागि दुई कम्पनीको सेयर स्वाप रेसियो सम्पति तथा तथा दायित्व मूल्यांकनपछि तय हुनेछ । मर्जरपछि बन्ने लघुवित्त वित्तीय संस्थाको नाम सबैको साधना लघुवित्त वित्तीय संस्था लिमिटेड रहने सहमति भएको छ । सञ्चालक समिति अध्यक्षमा हालको साधनाका अध्यक्ष कृष्ण बहादुर थापा र प्रमुख कार्यकारी अधिकृतमा सबैको लघुवित्तका केशब कुमार पौडेल रहने सहमति छ । 

साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखामा रहेको छ भने सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहुँको  बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।