सरकारी कर्मचारीलाई आइफोन प्रयोगमा प्रतिबन्ध लगाउँदा एप्पलको सेयरमा गिरावट

0
Shares

चिनियाँ सरकारले सरकारी कार्यालयहरुमा काम गर्ने कर्मचारीहरुलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाउँदा आइफोन उत्पादक एप्पलको सेयरमा गिरावट आएको छ ।

चीनले सेप्टेम्बर ६ तारिखमा सरकारी कार्यालयमा र सरकारी कर्मचारीहरुले आइफोन प्रयोग गर्न नपाइने घोषणा गरेको थियो । यससँगै एप्पलको मार्केट भ्यालुएशन ६ प्रतिशत अर्थात् २०० अर्ब डलरले घटेको हो ।

चीनमा आइफोन प्रयोगकर्ताको सङ्ख्या बाक्लो रहेको छ । सन् २०२२ मा आइफोनको कुल सेल्सको १८ प्रतिशत हिस्सा चीनले ओगटेको थियो ।यसरी ठुलो मार्केट हिस्सा ओगटेको चीनले सरकारी कार्यालयहरुमा आइफोनको प्रयोग गर्न निषेध गरेपछि एप्पलको सेयरमा समेत गिरावट आएको हो । सेप्टेम्बर ७ तारिखमा एप्पलको सेयर २.९२ प्रतिशतले ओरालो लागेको हो ।

सेप्टेम्बर १२ मा एप्पलले आइफोन १५ लन्च गर्ने तयारीमा रहेको छ । चीनले लगाएको यो प्रतिबन्धले आइफोन १५ को सेल्स घट्ने प्रक्षेपण गरिएको छ ।

केही समय यता अमेरिका र चीनबीचको व्यापारिक सम्बन्ध तीतो हुँदा एप्पल लगायतका अमेरिकन कम्पनी र चिनियाँ चीप उत्पादक कम्पनीहरु समस्यामा परेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।