तारा एयरले आजदेखि पोखरा-जोमसोम रुटमा नियमित उडान गर्ने


प्रतिकुल मौसमसँगै बन्द भएको तारा एयरको पोखरा–जोमसोम उडान आजदेखि नियमित हुन लागेको छ।

बिस्तारै मौसम अनुकुल हुन थालेको र पर्यटक सिजन पनि सुरु हुन लागेकोले उडान नियमित हुन लागेको हो। जोमसोमको नियमित उडानका लागि तारा एयरले एउटा विमान पोखरामै रात्रि बिसान गर्नेछ । हालका लागि मौसम अनुकुल भए दैनिक ५ वटा उडान गर्ने गरि तालिका मिलाइएको छ । तारा एयरको उडान पोखराको पुरानो एयरपोर्टबाटै सञ्चालन हुने भएको छ ।

मुस्ताङ जिल्लामा अवस्थित जोमसोम विमानस्थल समुन्द्री सतहबाट २७३६ मिटर उचाईमा रहेको छ भने यस एअरपोर्टको लम्बाई ७३९ मिटर रहेको छ। तारा एयरले ट्विनअटर विमानमार्फत सिमकोट, लुक्ला, फाप्लु, दुनै लगायत विभिन्न गन्तव्यमा नियमित उडान गर्दै आएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।