गणपतिको आईपिओ बाँडफाँड, यसरी हेर्नुहोस् एक क्लिकमै नोटबजारमा नतिजा

0
Shares

गणपति माइक्रोफाइनान्सको आईपिओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम ३१ हजार ३०८ जनाले पाए १० कित्ताका दरले प्राप्त गरेका छन्।

बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाटमा उक्त आईपिओ बाँडफाँड भएको हो। उच्च आग आवेदन हुँदा उक्त बाँडफाँडमा दुई लाख ९१ हजार ३०१ आवेदकले शेयर प्राप्त गर्न सकेनन्।

यसरी हेर्नुहोस् एक क्लिकमै सबै कम्पनीको आईपिओ नतिजा

नतिजा हेर्नका लागि नोटबजार डटकमको होमपेजमा रहेको आईपिओ रिजल्टमा जानुहोप् सो पश्चात आफ्नो १६ अंकको हितग्राही खाता नम्बर राखेर सर्च वटनमा गएर खोजी गरि तपाईलाई कति कित्ता आईपिओ पर्यो हेर्न सक्नुहुनेछ।

हाम्रो पोर्टलमा तपाईले कम्पनीका पिच्छे नाम छनौट गरि डिम्याट खाता नम्बर राख्नुपर्ने गर्नुपर्ने बाध्यता छैन। केबल एक पटक डिम्याट नम्बर राखेर तपाईले पछिल्ला पटक शेयर बाँडफाँड भएको कम्पनीहरुको आईपिओ कति कित्ता पर्यो हेर्न सक्नुहुन्छ।

यसरी खोजी पश्चात तपाईंले आफ्नो डिम्याट नम्बर, नाम, आवेदन गरिएको शेयर कित्ता, तपाईलाई शेयर परेको सम्बन्धित कम्पनी र आईपिओ नतिजा कम्पनीको विवरण देख्नुहुनेछ।

हरेक पल्ट नयाँ नतिजा प्रकाशन हुँदा तपाईले यसअघि नतिजा प्रकाशन भैसकेको कम्पनीको विवरण समेत देख्न सक्नुहुन्छ।

माइक्रोफाइनान्सको आईपिओमा ३ लाख २३ हजार ३०९ वटा आवेदनबाट सर्वसाधारणमा निष्काशन गरिएको शेयरको २०.९९ गुणा बढी ६५ लाख ७१ हजार ९० कित्ताको माग भएको थियो। जसमध्ये तीन लाख २२ हजार ६०९ आवेदकबाट माग ६५ लाख हजार ११० कित्ता शेयर सदर भएको थियो। ७०० वटा आवेदनबाट परेको १५ हजार ९८० कित्ता शेयरको माग रद्ध भएको बिक्री प्रबन्धले जनाएको छ।

गणपति माइक्रोफाइनान्सले माइक्रोफाइनान्सको बैशाख ९ देखि १२ गतेसम्म जारी पूँजीको ३२.३० प्रतिशत अर्थात प्रतिकित्ता १०० रुपैयाँ दरमा कूल ३ लाख ३५ हजार कित्ता आईपिओ सर्वसाधारणमा बिक्रीमा ल्याएको थियो । जसमध्ये ५ हजार १७५ कित्ता कर्मचारी र १६ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको थियो। कर्मचारीलाई छुट्टाएको ५ कित्ता शेयर बिक्री नभएपश्चात सर्वसाधारणमा थपेर बाँडफाँड गरिएको हो।