बुटवल पावरको बोनसमा शेयरमूल्य समायोजन

0
Shares

बुटवल पावर कम्पनी लिमिटेडको पुस ९ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बोनस पश्चात शेयरमूल्य समायोजन भएको छ। बुधबार गत आवको मुनाफाबाट प्रस्तावित बोनस तथा साधारण सभाको बुकक्लोजसँगै शेयरमूल्य समायोजन भएको हो।

बुटवल पावरले गत आवको मुनाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको १० प्रतिशत बोनसलाई समायोजन गरि नेप्सले बुधबार नयाँ शेयरमूल्य निर्धारण गरेको हो।

बोनस शेयर समायोजन पश्चात प्रतिकित्ता ३२० रुपैयाँ निर्धारण गरिएको छ। बुधबार नेप्सेमा कम्पनीको समायोजित मूल्यलाई आधार मानेर  शेयर कारोबार खुल्नेछ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत बोनस शेयर तथा १८ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि सहित) गरि कूल २८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २४ गते कार्की ब्याङ्क्वेट, बबरमहलमा बिहान ११ बजे वार्षिक साधारण सभा आह्वान गरेको छ।