बुधबार यस्तो छ विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३२ रुपैयाँ ३८ पैसा र बिक्री दर १३२ रुपैयाँ ९८ पैसा रहेको छ ।

यस्तै आज युरो एकको खरिद दर १४१ रुपैयाँ ८२ पैसा र बिक्री दर १४२ रुपैयाँ ४६ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको खरिद दर ८४ रुपैयाँ ९४ पैसा र बिक्री दर ८५ रुपैयाँ ३२ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

यता बेलायती पाउण्ड आज एकको खरिद दर १६५ रुपैयाँ ०१ पैसा र बिक्री दर १६५ रुपैयाँ ७५ पैसामा कारोबार भइरहेको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३१ पैसा र बिक्री दर ३६ रुपैयाँ ४७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३० पैसा र बिक्री दर २८ रुपैयाँ ४३ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ २९ पैसा र बिक्री दर ३५ रुपैयाँ ४५ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ०१ पैसा छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।