बनेपा । भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख ६ हजार ६६६ रुपैयाँ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका छन् ।
पाँचखाल नगरपालिकाले ४३ लाख ३ हजार ६८९ रुपैयाँ र खानीखोला गाउँपालिकाले २० लाख २ हजार ९७७ प्रधानमन्त्री राहत कोषमा दाखिला गरेका हुन् ।
पाँचखाल नगरप्रमुख महेश खरेलका अनुसार उक्त रकममध्ये नगरपालिकाले १० लाख, जनप्रतिनिधि तथा कर्मचारीबाट १३ लाख ३२ हजार ५९९ र शिक्षकबाट १९ लाख ७१ हजार ९० रुपैयाँ सङ्कलन भएको हो ।







