पोखराको मेथलाङमा डेढ अर्ब लागतमा ‘ले ग्लेमर’ लक्जरी रिसोर्ट बन्दै, एकवर्ष भित्र सञ्चालनमा आउने

0
Shares

पर्यटकीय नगरी पोखरास्थित सराङकोटको मेथलाङमा ले ग्लेमर लक्जरी रिसोर्ट एण्ड वेलनेस स्पा प्रालिले निमार्ण गरिरहेको पाँच तारे स्तरको ‘ले ग्लेमर लक्जरी रिसोर्ट’ सन २०२४ को सेप्टेम्वरदेखि संचालनमा आउने भएको छ ।

कम्पनीले सराङकोटको मेथलाङमा १ लाख ३१ हजार ३५१ स्क्वायर फिट क्षेत्रफलमा २७ वटा स्वीट रुम र ३ भिल्लासहितको रिसोर्ट निर्माण गरिरहेको छ । एक अर्ब ५५ करोड ८० लाखको लागतमा निमार्णधिन रिर्सोटको ७४ प्रतिशत निमार्ण कार्य सम्पन्न भएको छ ।

उक्त रिर्सोट ८० करोड कर्जा तथा ७५ करोड ८० लाख रुपैयाँ लगानीकर्ताको लगानी मार्फत निर्माण भइरहेको कम्पनीले जनाएको छ । सन २०२३ को जुलाईसम्ममा कम्पनीमा लगानीकर्ताहरुले ६२ करोड रुपैयाँ लगानी गरिसकेका छन् ।

हाल कम्पनीले ८६ करोड रुपैयाँको कर्जा सुविधाका लागि रेटिङ गराएको छ । जसमा रेटिंग एजेन्सी केयर रेटिङ नेपालले यसलाई ८० करोड रुपैयाँको दीर्घकालिन कर्जा सुविधाका लागि डबल बि माइनस र ६ करोड रुपैयाँको अल्पकालीन कर्जा सुविधाका लागि ए फोर रेटिंग दिएको छ ।

पाँच तारे स्तरको रिसोर्ट कैलाश ग्रुप अफ कम्पनीको संलग्नता समेत रहेको छ । जुन कम्पनी नेपालको पर्यटकीय क्षेत्रमा लामो समयदेखि राम्रो उपस्थिति भएको कम्पनी हो । बुटिक होटल, टुर्स कम्पनी तथा हेलिकप्टर सर्भिस दिने यो कम्पनीले नै पोखराको ले ग्लेमर लक्जरी रिसोर्ट एण्ड वेलनेस स्पा प्रालिमा साझेदारको रुपमा रहेको छ । रिसोर्ट टासी गुरुङको व्यवस्थापकीय नेतृत्वमा निर्माण भइरहेको छ । उनको यो क्षेत्रमा २६ वर्ष बढीको अनुभव रहेको छ ।

रिर्सोट पोखरा सराङकोटस्थित मेथलांङ डाँडामा रहेको छ, जुन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट ८.४ किमिको दूरीमा रहेको छ । रिर्सोटमा कोठा र भिल्लाबाहेक स्वमिङ पुल, जकुज्जी, लाइब्रेरी, मेडिटेसन हल, कन्फ्रेन्स तथा ब्यांक्वेट हल समेत रहनेछन।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।