ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ५ वर्ष सफलतापूर्वक पूरा गरेको छ । शाओमीले उपस्थितिको पाँच वर्ष मात्र नभई नेपाली ग्राहकवर्गलाई इनोभेसन, गुणस्तर र किफायती स्र्माटफोन उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धता पनि मनाउँदै छ ।
सन् २०१८ मा लन्च भएदेखि नै शाओमीले नेपाली बजारमा महत्वपूर्ण फड्को मार्दै देशको अग्रणी स्मार्टफोन ब्रान्डहरूमध्ये एक बन्न सफल भएको छ । कम्पनीको सफलताको श्रेय उसको इनोभेसन र किफायती मूल्यमा उच्च गुणस्तरका स्र्माटफोनहरू उपलब्ध गराउने प्रतिबद्धतामा समर्पित छ ।
विगत पाँच वर्षमा शाओमीले नेपाली स्मार्टफोन बजारमा आफ्नो उपस्थितिलाई निरन्तर बढाउँदै आएको छ । शाओमी टेक्नोलोजी क्षेत्रमा घर–घरको नाम बन्दै देशको एक अग्रणी स्मार्टफोन ब्रान्ड बन्न सफल भएको छ । उत्कृष्ट उत्पादन र अत्याधुनिक प्रविधिलाई उपभोक्तामाझ पु¥याउने ब्राण्डको अटल समर्पणले नेपाली ग्राहकवर्गको हृदयमा विशेष स्थान कमाएको छ । शाओमी नेपाल उच्च गुणस्तरको प्रविधिलाई सबैका लागि पहुँचयोग्य बनाउने आफ्नो लक्ष्यमा अडिग रहेको छ । साथै नेपालमा आफ्ना प्रोडक्ट अफरिङ् तथा ग्राहक अनुभवलाई थप वृद्धि गर्न प्रतिबद्ध छ ।
विगतका वर्षहरू जस्तै शाओमी नेपालले ग्राहकवर्गको चाडपर्वलाई थप विशेष बनाउँदै पपुलर स्मार्टफोन मोडेलहरूमा रु. २००० सम्मको आकर्षक छुट प्रदान गरिरहेको छ । शाओमी नेपालले ‘चाडपर्वको मुड, अफर टु गुड’ घोषणा गरी शाओमी फ्यानबेसका लागि खुसी फैलाउने र उल्लेखनीय अफरहरू प्रदान गर्ने प्रतिबद्धता कायम राखेको छ । शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले रिटेल पार्टनर र सर्भिस सेन्टरहरूको विस्तृत नेटवर्कको साथ कम्पनीले देशमा बलियो उपस्थिति बनाएको बताए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया