सिटिजन लाइफको आईपीओ डिम्याट खातामा जम्मा, CLI संकेतमा कारोबार हुने

0
Shares

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ गोलाप्रथाबाट सेयर प्राप्त गरेका ९ लाख लगानीकर्ताको हितग्राही खाता (डिम्याट) मा जम्मा भएको छ ।

कम्पनीले सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडिएससी) मा सेयर सूचीकरण गरेसँगै सम्बन्धीत सेयरधनीको हितग्राही खातामा सेयर जम्मा गरिएको हो । सीडिएससीले असोज ८ गते सोमबार सिटिजन लाइफको सेयर धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम सेयर पाएका ९ लाख जना लगानीकर्ताको डिम्याट खातामा जम्मा गरेको हो ।

कम्पनीको धितोपत्र सीएलआई (CLI) कारोबार संकेतमा जम्मा भएको हो । सीडिएससीमा सूचीकृत भएपनि कम्पनीको सेयर नेप्सेमा सूचीकृत हुने प्रकृयामा रहेको छ । नेप्सेसँग सेयर सूचीकरण्म सम्झौता भएको दोस्रो कारोबार दिनदेखि मात्र कम्पनीको धितोपत्र दोस्रो बजारमा खरिद बिक्री हुनेछ । कम्पनीको सेयर सीएलआई संकेतमा कारोबार आउनेछ ।

इन्स्योरेन्सको धितोपत्र दोस्रो बजारमा पहिलो पटक अधिकतम ५१७ रुपैयाँसम्म खुल्ने देखिएको छ । प्रिमियम मूल्यमा सेयर जारी गरेको इन्स्योरेन्स कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा सो मूल्यसम्ममा कारोबार खुल्ने देखिएको हो । कम्पनीको सेयर न्यूनतम १७२ रुपेयाँदेखि कारोबार खुल्नसक्ने देखिन्छ । कम्पनीको आर्थिक वर्ष २०७८–७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १७२ रुपैयाँ ४३ पैसा छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गरेको छ । सोही कारण कम्पनीले उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

भदौ १५ देखि १९ गतेसम्म बिक्री खुला भएको कम्पनीको आईपीओ भदौ २८ गते बाँडफाँड भएको थियो । कम्पनीको ९० लाख कित्ता आईपीओ ९ लाख आवेदकले १० कित्ताका दरले प्राप्त गरेका थिए । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा १४४ रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो । कम्पनीको सेयर एनआईएमबि एस क्यापिटलको बिक्री प्रबन्धकत्वमा बिक्रीमा आएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।