ह्याम्स अस्पतालको ९ महिनाको सञ्चालन आम्दानी एक अर्ब एक करोड

0
Shares

पछिल्लो समयमा काठमाडौ उपत्यकामा विशिष्ट स्वास्थ्य सेवाका लागि प्रख्यात हस्पिटल फर एड्भान्स्ड मेडिसीन एन्ड सर्जरी (ह्याम्स)ले आर्थिक वर्ष २०७९/८० मा एक अर्ब १ करोड ३० लाख सञ्चालन आम्दानी गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५५ करोड ३० लाख सञ्चालन आम्दानी गरेको थियो । गत आवको ९ महिनाको आम्दानीलाई अघिल्लो आवको सोही अवधिसँग तुलना गर्दा हस्पिटलको सञ्चालन आम्दानी १३ प्रतिशतले घटेको हो ।

पछिल्लो समयमा काठमाडौँमा विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने हस्पिटलहरुको सङ्ख्या धेरै छ । काठमाडौँ उपत्यकामा स्वास्थ्य सेवा प्रदान गरिरहेको संघ संस्थाहरुको सङ्ख्या बढ्दै जाँदा प्रतिस्पर्धा पनि बढ्दै गएको छ । जसको प्रभाव हस्पिटलको आम्दानीमा परेको देखिन्छ ।

तथापि अस्वस्थकर खानपान, बढ्दो वातावरणीय प्रदूषण, आलस्यपूर्ण जीवनशैलीका कारण मानिसहरुमा विभिन्न रोग देखिन थालेको छ । यस्तै विभिन्न समयमा संक्रमणात्मक रोगहरुको आउनब्रेक हुने गरेको छ । जसकारण बिरामीको सङ्ख्या समेत बढ्दै गएको छ । बिरामीको सङ्ख्या बढ्दै जाँदा अस्पतालहरुमा बिरामीको चाप बढेको छ र यसरी हस्पिटलहरुको आम्दानी समेत बढ्ने देखिन्छ ।

सन् १९९८ मा स्थापना भएको हस्पिटल सन् २०२२ मा पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण भएको हो । काठमाडौँको धुम्बराहीमा रहेको अस्पतालमा कुल १०० शैया रहेका छन् । हस्पिटलले जेनरल मेडिसीनका साथै शल्यक्रियाको सुविधा समेत उपलब्ध गराउँदै आएको छ । हस्पिटलका अध्यक्ष रामशरण भण्डारी रहेका छन् । हस्पिटलमा उनको र उनका पारिवारिक सदस्यहरुको लगानी रहेको छ ।

हस्पिटलले ८७ करोड ३७ लाख बराबरको कर्जाका लागि रेटिङ गराएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले ८५ करोड ३७ लाख बराबरको दीर्घकालीन कर्जाका लागि ट्रिपल बी माइन्स र २ करोड बराबरको अल्पकालीन कर्जाका लागि ए३ रेटिङ गरेको छ । हस्पिटलको वित्तीय विवरण अनुसार लिएको कर्जाको ब्याज भुक्तानी गर्न सक्ने क्षमता कुल कर्जाको ५.४ गुणा रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।