खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २१५ रुपैयाँले बढ्यो, पेट्रोल र डिजेलको भाउमा पनि वृद्धि


सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर दुई सय १५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर आठ रुपेयाँ बढाइएको निगमले जनाएको छ । बढेको मूल्य हिजो राति १२ बजेदेखि नै लागू भएको छ ।

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार एक सय १० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ)मा प्रतिलिटिर एक सय ८२ दशमलव पाँच रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा एक सय ८४ रुपैयाँ र काठमाण्डौं, पोखरा र दिपायलमा एक सय ८५ रुपैयाँ पुगेको छ ।

त्यसैगरी डिजेलको मूल्य पहिलो वर्गमा एक सय ७६ दशमलव पाँच, दोस्रो वर्गमा एक सय ७८ रुपैयाँ र तेस्रो वर्गमा एक ७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय ४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य एक दशमलव ०९५ अमेरिकी डलर कायम भएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।