पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता


नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिएको छ । निगमले आइतबार प्रेस विज्ञप्ति जारी गरी आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता लिएको जनाएको छ। निगमले शनिबार राती १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन अनुसार पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिएको निगमले जनाएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री दाहालले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन निगमलाई निर्देशन दिएका थिए । सोही बमोजिम मूल्यवृद्धि फिर्ता गरिएको नियमले जनाएको छ ।

निगमले गएरातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर छ रुपैयाँ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर दुई सय १५ रुपैयाँ बढाउने निर्णय गरेको थियो । त्यस्तै हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर आठ रुपैयाँ बढाइएको थियो । मूल्यवृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार एक सय १० रुपैयाँ पुगेको थियो ।

May be an image of text

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।