एनआरएन इन्फ्राइस्टक्चारले लाभांश नदिने

0
Shares

एनआरएन इन्फ्राइस्टक्चार एण्ड डेभलपमेन्ट लिमिटेडले गत आर्थिक वर्षबाट सेयरधनीलाई लाभांश नदिने भएको छ ।

कम्पनी सञ्चालक समितिको असोज १४ गते आइतबार दिउँसो ३ः०० बजे बसेको १२५ औं बैठकले लाभांश बिना नै साधारण सभा बोलाउने निर्णय गरेको हो । बैठकले कार्तिक १७ गते शुक्रबार बिहान ९ बजे आम्रपाली व्यान्क्वेट, थिरबम सडक, काठमाण्डौंमा एघारौ वार्षिक सभा आह्वान गरेको छ ।

एघारौं वार्षिक साधारण सभाका लागि कम्पनीले असोज ३० गते मंगलबार एक दिन कम्पनीको सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार असोज २९ गते सोमबारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सेयर कारोबार भई कायम रहने सेयरधनीहरू मात्र सभामा भाग लिन पाउन योग्य हुनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।