एनआईसी एशिया क्यापिटलमा निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने


एनआईसी एशिया क्यापिटलले विश्व लगानीकर्ता सप्ताह, २०२३ तथा नेपालीहरुको माहन चाड बडादशैँ, तिहार, नेपाल सम्वत् ११४४ तथा छठ पर्वको अवसरमा डिम्याट तथा मेरो सेयर खाता निःशुल्क खोल्न सकिने सुविधा ल्याएको छ । बैंकले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई अझ प्रभावकारी रुपमा देशव्यपी संचालन गर्ने मुख्य उद्देश्यका साथ यस्तो सुविधा ल्याएको हो ।

एनआईसी एशिया क्यापिटल र शाखा कार्यालयहरु तथा एनआईसी एशिया अनलाइन डिम्याट सेवाबाट असोज १४ गतेदेखि मंसिर १५ गतेसम्म निःशुल्क रुपमा डिम्याट खाता तथा मेरो सेयर खाता खोलिदिने र पहिलो वर्षको डिम्याट खाता सञ्चालन शुल्कमा छुट दिने दिने व्यवस्था मिलाइएको क्यापिटलले जनाएको छ ।

हाल एनआईसी एशिया क्यापिटलको निक्षेप सदस्य सेवा अन्तर्गत सञ्चालनमा रहेका विशेष अफर तथा योजनाहरु एक नेपाली, एक डिम्याट खाता योजना अन्तर्गत एनआईसी एशिया बैंक लिमिटेडको सम्पूर्ण शाखा कार्यालयहरुबाट विभिन्न सेभिङ्ग खाताहरु खोल्दा निःशुल्क रुपमा डिम्याट खाता खोल्न सकिने भएको छ ।

यस्तै एनआईसी एशिया विद्यार्थी डिम्याट योजनामा विद्यार्थीहरुलाई निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोलिदिने तथा पहिलो वर्षको डिम्याट नवीकरण शुल्क छुट हुने छ । एनआईसी एशिया भिन्न रूपमा सक्षम डिम्याट योजनामा शारीरिक तथा मानसिक कमी कमजोरी भई असक्त भएका ‘क’ तथा ‘ख’ वर्गका अशक्त व्यक्तिहरुलाई निःशुल्क रुपमा डिम्याट तथा मेरो सेयर खाता खोल्ने सुविधा रहेको छ ।

साथै एनआईसी एशिया अनलाइन डिम्याट सेवामा क्यापिटलको वेवसाईटमा गई अनलाइन मार्फत निःशुल्क डिम्याट खाता खोल्न सकिने तथा रितपूर्वक विवरण भरेको एक घण्टा भित्र डिम्याट खाता उपलब्ध गराइने भएको छ । ९९९ वैदेशिक रोजगार डिम्याट योजना अन्तर्गत वैदेशिक रोजगारीमा रहेका तथा विदेशमा रहेका नेपालीहरुले ९९९ रुपैयाँ भुक्तानी गरी आजीवन डिम्याट खाता सञ्चालन गर्न सक्नेछन् ।

९९९ जीवन भरि डिम्याट खाता योजनामा एकमुष्ठ ९९९ रूपैयाँमा भुक्तानी गर्दा डिम्याट खाता आजिवन नवीकरण हुने हुँदा वार्षिक रुपमा नवीकरण गर्ने झन्झट तथा सेयर बिक्री गर्दा क्लोजआउट पर्ने सम्भावना नरहने जनाएको छ। उक्त योजनाहरु २०८१ साल आसार मसान्तसम्म सञ्चालनमा रहने क्यापिटलले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।