कनेक्ट आईपीएसको ‘उडु–उडु लाग्छ’ अफरमा २०० क्यासब्याक

0
Shares

नेपाल क्लियरिङ्ग हाउसको कनेक्ट आईपीएसले चाडपर्वको समयलाई लक्षित गदै “उडु–उडु लाग्छ अफर” सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको अनलाइन बुकिङ्ग गरी कनेक्ट आईपीएसबाट भुक्तानी गर्दा हरेक हप्ता २०० जनाले २०० रुपैयाँ क्यासब्याक पाउनेछन् । साथै तीन जना भाग्यशाली ग्राहकले अफरको अन्त्यमा कपल स्टेकेशन जित्न सक्नेछन् ।

क्यासब्याक अफर बुद्ध एयर प्रा.लि, सौर्य एयरलाइन्स (पी) लिमिटेड, श्री एयरलाइन्स प्रा.लि.र यति एयरलाइन्स प्रा.लिको फ्लाइट टिकट भुक्तानीमा उपलब्ध रहेको छ । यो अफर असोज १४ देखि कार्तिक ११ गतेसम्म उपलब्ध हुनेछ ।

“उडु–उडु लाग्छ अफर” अन्तर्गत एयरलाइन्सको वेब वा मोबाइल एपबाट फ्लाइट टिकटका बुकिङ गरी कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्ने सबै ग्राहकहरू यो अफरको लागि योग्य हुनेछन् । अफर अवधिमा हप्ता सकिएपछि कनेक्ट आईपीएसको वेबसाइटमा साप्ताहिक विजेताको घोषणा गरिनेछ र क्यासब्याक रकम ग्राहकले भुक्तानी गरेको बैंक खातामा जम्मा गरिनेछ ।

कनेक्ट आईपीएस, बैंकका ग्राहकहरुका लागि एकै प्ल्याट्फर्म मार्फत एक भन्दा बढी खाता लिङ्क गरी फन्ड ट्रान्स्फर लगायत विभिन्न भुक्तानीहरु गर्नका निम्ती एक प्रमुख तथा सजिलो माध्यम हो ।

कनेक्ट आईपीएसको वेव मार्फत प्रति कारोबार २० लाख रुपैयाँसम्म र यसको मोबाइल एप मार्फत प्रति कारोबार २ लाख रुपैयाँसम्मको भुक्तानी गर्न सकिन्छ ।

कनेक्ट आईपीएस मार्फत चालु आर्थिक वर्षको पहिलो दुई महिना अर्थात भाद्र मसान्तसम्म ७ खर्ब ५१ अर्बभन्दा बढी भुक्तानी कारोबार फर्छ्यौट भइसकेको छ । थप जानकारीका लागि कनेक्ट आईपीएसको वेवसाइट मार्फत जानकारी लिन सकिने बताइएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।