अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पको व्यापारिक साम्राज्य खतरामा

0
Shares

आफ्ना दुई छोराविरुद्ध नागरिक जालसाजीको मुद्दा सुरु हुँदै गर्दा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोमबार न्युयोर्कको एक अदालतमा उपस्थित हुँदै छन ।  
 
आगामी राष्ट्रपति निर्वाचनमा विजयी भएर पुनः ह्वाइट हाउस हासिल गर्न अभियान चलाइरहेका ट्रम्पमाथि यो मामिलाले उनको व्यापारिक साम्राज्य खतरामा परेको छ ।
 
सोमबारको मुद्दामा पूर्वराष्ट्रपति ट्रम्प र उनका दुई छोरा एरिक तथा डन जुनियरले ट्रम्प सङ्गठनको घर जग्गा र वित्तीय सम्पत्तिको मूल्य बढाएर जालसाजी गरेको न्यायाधीश आर्थर एनगोरनले पहिला नै फैसला गरिसकेका छन ।
 
न्युयोर्कका महान्यायाधिवक्ता लेट्टिया जेम्सले २५ करोड अमेरिकी डलर जरिवाना र ट्रम्प तथा उनका छोराहरूलाई ट्रम्प साम्राज्यको व्यवस्थापनबाट हटाउन खोजिरहेका छन । 
 
सोमबार बिहानको सुनुवाइमा आफू उपस्थित हुने ट्रम्पले आइतबार बेलुका बताएका थिए । “मेरो नाम र प्रतिष्ठाविरुद्ध लड्न भोलि बिहान म अदालत जाँदैछु”, आफ्नो ट्रुथ सोसियल प्लेटफर्ममा उनले लेखेका छन, “यो सम्पूर्ण मामिला नकली हो ।”
 
यो नागरिक मामिलाबाहेक आगामी महिनाहरूमा ट्रम्पले धेरै ठूला आपराधिक मामिलाको पनि सामना गर्नु पर्नेछ ।
 
जो बाइडेनले जितेको सन् २०२० को राष्टपति निर्वाचनको नतिजालाई उल्ट्याउने प्रयास गरेको आरोपमा उनलाई आगामी मार्च ४ मा वासिङ्टनस्थित सङ्घीय न्यायाधीशसमक्ष उपस्थित गराउने कार्यक्रम छ । 
 
त्यसपछि उनी न्युयोर्क राज्य अदालतमा फिर्ता हुनेछन । अहिले आपराधिक गुप्त सम्पत्तिको आरोपमा र पछि फ्लोरिडा सङ्घीय अदालतमा हाजिर हुनेछन । उनीमाथि राष्ट्रपति कार्यालय छोडेपछि वर्गीकृत दस्तावेजहरू गलत तरिकाले प्रयोग गरेको आरोप लगाइएको छ । 
 
अन्तिममा उनले जर्जिया राज्यमा लागेको आरोपहरूको पनि जवाफ दिनुपर्ने छ । जर्जियामा उनीमाथि अवैधरूपमा सन् २०२० को राष्ट्रपति निर्वाचनको परिणाम आफ्नो पक्षमा परिवर्तन गर्न प्रयास गरेको आरोप लगाइएको छ । 
 
?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।