आइशरले ल्यायो सुनको बहार, यामाहा बाइक र स्कुटर उपहार योजना


आइशरले नेपालीहरुको महान चाड दशैं र तिहारको उल्लासमय माहोलमा आफ्ना ग्राहकहरुका लागि नयाँ आइशर गाडीको खरिद गर्दा रोजेर उपहार लिन पाइने रमाइलो योजनाको सुखद घोषणा गरेको छ ।

आफ्ना उपभोक्ताहरूसँग खुशी साटासाट गरि चाडपर्वको उत्सव मनाउँन बीएमसीवीले दशैं तिहार स्कीमको घोषणा गरेको हो । यस योजना अन्तर्गत आइशर बस, ट्रक तथा ट्रिपरकाको खरिदमा सुनको बहार, टुर प्याकेज, यामाहा बाइक र स्कुटर, सवारी साधनको फ्री सर्भिसिङ र स्पेयर पार्ट्स अथवा फ्री ईएमआई मध्येबाट ग्राहकहरुले रोजेर उपहार लिन पाउँने अवसर प्रदान गर्ने भएको छ ।

यो योजनाको अन्त्यमा बम्पर उपहार अन्तर्गत एकजना भाग्यमानीले मिनी इभी कार पनि प्राप्त गर्नु हुनेछ ।७० भन्दा बढी देशहरूमा फैलिएको आइशर, भोल्भो र आइशरको संयुक्त परियोजनामा बिबिध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ बिभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउदै आइरहेको छ, साथै हालसालै भएको बतास र एमएडब्लूको एकताले ब्यवसायिक सवारी साधनको बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखाहरु, ४ डिलर र १६ टच पोइण्टस्को साथ देशै भर ब्यवसायिक सवारी साधन उपलब्ध गराउँदै आएको छ ।

उल्लेखित उपहारहरु बाहेक चालकलाई पाँच लाख रुपैयाँ र पच्चीस लाख रुपैयाँको आकस्मिक बीमा, १ वर्षको सवारी बीमा तथा १ आर्थिक वर्षको सम्पूर्ण सडक करको सुविधा पनि आइशरले प्रदान गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।