शौर्य सिमेन्टको वार्षिक आम्दानी साढे ७ अर्ब, पायो ट्रिपल बी माइन्स रेटिङ

0
Shares

नेपालमा प्रख्यात व्यापारिक घराना– शङ्कर ग्रुप, अम्बे ग्रुप र हुलास ग्रुपको लगानी रहेको शौर्य सिमेन्टले आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ४० करोड ७० लाख सञ्चालन आम्दानी गरेको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ७ अर्ब ४२ करोड ९० लाख सञ्चालन आम्दानी गरेको कम्पनीको आम्दानी आव २०७९/८० मा २ करोड २० लाखले घटेको हो । आम्दानीमा आएको सामान्य गिरावटसँगै कम्पनीका अन्य वित्तीय सूचांकमा गिरावट आएको छ ।

अर्थतन्त्र मन्दीबाट ग्रसित भएको समयमा निर्माण व्यवसायमा समेत समस्यामा परेको छ । तथापि चालु आवमा सरकारले ३ खर्ब बढी रकम भौतिक पूर्वाधारको विकासका लागि विनियोजन गरेको छ । यो बजेटले निर्माण व्यवसायीहरुमा आशा जगाएको छ ।

सन् २०१७ मा स्थापना भएको कम्पनी सन् २०२२ को अगस्ट महिनामा पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । सार्वजनिक निष्काशन गर्ने तयारीमा रहेको कम्पनीलाई रेटिङ एजेन्सी इन्फोमेरिक्स नेपालले ट्रिपल बी माइन्स रेटिङ गरेको छ ।

कम्पनीले ओपिसी तथा पिपिसी सिमेन्ट उत्पादन गर्नुका साथै क्लिंकर समेत उत्पादन गर्दै आएको छ । कम्पनीले शौर्य ब्रान्डनाम मार्फत सिमेन्टको बिक्री वितरण गर्दै आएको छ । सिराहाको मिरचैयामा अवस्थित उद्योगको कुल उत्पादन क्षमता प्रति दिन ३ हजार टन रहेको छ ।

कम्पनीमा ३ व्यापारिक घरानाको लगानी छ । ठूला व्यापारिक घरानाको सहयोगमा कम्पनीले आफ्नो व्यापार विस्तार गरिरहेको छ । कम्पनीका अध्यक्ष सुलभ अग्रवाल हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।