क्वान्टम डट्सको अनुसन्धान गर्ने ३ वैज्ञानिकलाई रसायनशास्त्र तर्फको नोबेल पुरस्कार

0
Shares

यो वर्षको रसायनशास्त्र तर्फको नोबेल पुरस्कार क्वान्टम डट्सको खोज अनुसन्धान गरेका तीन वैज्ञानिकहरुलाई प्रदान गरिएको छ । फ्रान्सेली मूलका मुङ्गी बावेन्डी, अमेरिकाका लुइस ब्रस र रुसी मूलका एलेक्सी इकिमोभले रसायन शास्त्रतर्फको नोबेल पुरस्कारले सम्मानित भएका हुन् ।

क्वान्टम डट्स भनेर चिनिने अर्धचालक नानोक्रिस्टलमा अनुसन्धान गरेबापत उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिने भएको हो । अनुसन्धानकर्ताहरुले गरेको यो अनुसन्धान नानोप्रविधि विकासमा नयाँ छलाङ हो ।

यसअघि भौतिकशास्त्र विज्ञहरुले नानो पार्टिकल्सहरुमा उनीहरुको आकार अनुसार भिन्न भिन्नै विशेषता देखाउने कणहरु हुन्छन् भनेर पुष्टि भइसकेता पनि त्यसलाई साकार रुप दिन सकेका थिएनन् । मुङ्गी बावेन्डी, लुइस ब्रस र एलेक्सी इकिमोभले उक्त सिद्धान्तलाई साकार रुप दिएका छन् ।

क्युएलईडी प्रविधिको प्रयोगले कुनै पनि पदार्थमा भएका क्वान्टम डट्सहरुलाई कम्प्युटरको मोनिटर वा टेलिभिजन स्क्रीनमा देख्न सक्छौँ । भावी समयमा क्वान्टम डट्सको प्रयोग एलइडी ल्याममा मात्रै नभई टाइनी सेन्सर, थिनर सोलार सेल्स र इन्क्रीप्टेड क्वान्टम क्म्युनिकेशनको विकासमा प्रयोग गर्न सकिने विश्वास गरिएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।