नाडामा प्रि–बूक गरिएका सिट्रोनका गाडीहरु दशैंअघि नै ग्राहकले पाउने


नेपालका लागि सिट्रोन गाडीको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा.लि.ले नाडा अटो शोमा प्रि–बुकिङ गरेका ग्राहकहरूलाई दशैं अघि नै नयाँ गाडी डेलिभर गर्न सुरु गरेको छ ।
आफ्ना ग्राहकहरुको उत्साहजनक प्रतिक्रियाको लागि कृतज्ञता व्यक्त गर्न सिट्रोनले दशैं अगावै गाडीहरुको डेलिभरी प्रक्रिया सुरु गरेको हो ।

भर्खरै समापन भएको नाडा अटो शोमा धेरै ग्राहकहरूले सिट्रोनको नयाँ विद्युुतिय गाडी सिट्रोन ई सि थ्रि र पेट्रोल गाडी सिट्रोन सि थ्री बुकिङ गरेका थिए । सिट्रोन ई सि थ्री भारतमा बनेको कम्प्याक्ट एसयुभी सेग्मेन्टमा सबैभन्दा आकर्षक मुल्यमा उपलब्ध ईभि हो ।

सांग्रिला मोटर्स प्रालिका म्यानेजिङ्ग डाइरेक्टर हेमन्त गोल्छाल नाडा अटो शोमा बूक भएका गाडीहरु दशैँ अगाडि नै पु¥याइसक्ने उद्देश्यले गाडीहरुको डेलिभरी सुरु गरिएको बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।