साहित्य तर्फको नोबल पुरस्कार नर्वेली लेखक जोन फोसेलाई

0
Shares

सन् २०२३ को साहित्य तर्फको नोबेल पुरस्कार नर्वेका उपन्यासकार तथा नाटककार जोन फोसेले प्राप्त गरेका छन् ।

आफ्ना रचनात्मक कृति तथा नाटकको माध्यमबाट सरल र सहज तरिकाले समाजमा लुकाउन खोजिएका सत्यलाई आकार दिने लेखक फोस उनको साहित्य तर्फको योगदानको लागि सम्मानित भएका हुन् ।

सन् १९८३ मा रौड्ट (१९८३) उपन्यास मार्फत साहित्य जगत्मा डेब्यु गरेका उनले चार दशकपछि नोबेल साहित्य पुरस्कारबाट विभूषित भएका हुन् । उनका कृतिहरु विश्वका ४० भन्दा बढी भाषामा अनुवाद गरिएका छन् । 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।