
धितोपत्र बजार नियमन निकायको अन्र्तराष्ट्रिय संस्थाको आह्वानमा धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धी सचेतना तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले नेपाल मर्चेन्ट बैंकर्स संघले अन्तर कलेज हाजिरी जवाफ प्रतियोगिता–२०२३ आयोजना गरेको छ ।
असोज १५ देखि असोज २१ गते सम्म विश्व लगानीकर्ता सप्ताह–२०२३ को अवसरमा ‘लगानीकर्ता शिक्षा तथा सचेतना अभिवृद्धि कार्यक्रम’ सञ्चालन गर्ने उद्देश्य बमोजिम उक्त हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो ।
प्रतियोगितामा काठमाण्डौं युनिभर्सिटि स्कूल अफ म्यानेजमेन्ट प्रथम भ्रएको छ । यस्तै नेपाल कलेज अफ म्यानेजमेण्ट द्धितीय र क्वेस्ट ईन्टरनेशनल कलेज तृतिय स्थान हासिल गर्न सफल भएको छ ।
बुद्धि र रणनीतिको रोमाञ्चक र घनिष्ठ प्रतिस्पर्धामा, काठमाण्डौं युनिभर्सिटी स्कूल अफ म्यानेजमेन्ट (कुसोम) को टोली विजेताको ट्रफी र एक लाख रुपैयाँ प्रथम नगद पुरस्कार सुरक्षित गर्दै च्याम्पियनको रूपमा उभिन सफल भएको हो ।
त्यस्तै नेपाल कलेज अफ म्यानेजमेण्ट कलेज, फस्ट रनर अप टिमले ट्रफी र ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ र क्वेस्ट इन्टरनेशनल कलेजले अन्तिम राउण्डमा उत्कृष्ट प्रदर्शन गरेपछि २५ हजार रुपैयाँ नगद पुरस्कार सहित तेस्रो स्थानको ट्रफी हात पार्न सफल भएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया