सिद्धार्थ बैंकको नगद लाभांश घोषणा


सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७९\८० को नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई करसहित ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जसअनुसार बैंकले ५९ करोड ३१ लाख ८८ हजार १६६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने छ । प्रस्तावित लाभांंश नियामक नेपाल राष्ट्र बैंक र सिद्धार्थको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँ रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।