नेप्सेमा ६ लाख ८४ हजार कित्ता बोनस सूचीकृत

0
Shares

रिलायन्स फाइनान्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको छ । स्टकका अनुसार चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस बापतको बोनस सेयर आज सूचीकृत भएको हो ।

फाइनान्सको २०८० असार ३१ गते सम्पन्न तेह्रौं वार्षिक साधारण सभाले चुक्ता पुँजी १ अर्ब १२ करोड १४ लाख ५१ हजार ७३० रुपैयाँको ६.५० प्रतिशतले हुन आउने ६ लाख ८४ हजार ४५४ दशमलव ११ कित्ता बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि असार २० गते बुकक्लोज गरेकाले असार १९ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीले मात्र फाइनान्सको बोनस सेयर प्राप्त गर्नेछन् ।

शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचीकृत बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न मिल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।