आरम्भ चौतारी लघुवित्तको सीईओमा ज्ञवाली

0
Shares

आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिव प्रसाद ज्ञवाली निुक्त भएका छन् ।

लघुवित्त कम्पनी सञ्चालक समितिको असोज २९ गते अपरान्ह ५ बजे बसेको १३९ औं बैठकको निर्णय अनुसार रैनादेवी छहरा–१, पाल्पा निवासी शिव प्रसाद ज्ञवाली प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका हुन् । ज्ञवालीलाई कार्तिक १ गतेदेखि लागू हुने गरी चार वर्षको लागि नियुक्त गरिएको हो ।

यससँगै ज्ञवालीले २०८४ असोज ३० गतेसम्म आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख व्यवस्थापकीय जिम्मेवारी निर्वाह गर्नेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।