एभरेष्ट बैंकद्वारा २९ औं वार्षिकोत्सवको अवसरमा आर्थिक सहयोग


एभरेष्ट बैंक लिमिटेडले आफ्नो २९ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले प्रधान कार्यालयमा २५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीहरूलाई सम्मान गरेको छ ।

बैंकका २०० भन्दा बढी कर्मचारीहरूका बीच सम्पन्न कार्यक्रममा सेवा अवधिको २५ वर्ष पूरा गरेका २८ जना कर्मचारीहरूलाई सम्मान गरिएको थियो । उनीहरूलाई बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले विषेश सम्मान गरेको थिए । ​

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोपिला भ्याली सेवा समाज सुर्खेतलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।​ बैंकका नायब महाप्रबन्धक केशवप्रसाद पौडेलले समाज सुर्खेतको तर्फबाट ब्लिङ्कनाव फाउण्डेशनका राष्ट्रिय प्रतिनिधि डा. एसपी कलौनीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

सो कार्यक्रममा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती र बजार अधिकृत एलिना कार्की तथा बिल्ङक नाउ फाउण्डेसनका तर्फबाट साझेदारी प्रबन्धक अस्रिना रंजितलगायतको उपस्थिति रहेको थियो ।​

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको यस बैंक स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको बैंक हो । ​बैंकमा हालसम्म करिब १३ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् ।

यस्तै, बैंकले देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६२ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । यसका साथै बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाटसमेत सेवा दिँदै आइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।