आशुतोष ईनर्जीको लाभांश अनुमोदन र आईपीओ निष्कासनको प्रस्ताव पारित गर्दै

0
Shares

आशुतोष ईनर्जी लिमिटेडले लाभांश र आईपीओ निष्कासनको प्रस्ताव सहित आगामी मंसिर ८ गते छैटौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीको गत कात्तिक १ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित लिसेरा रिसेप्सन्समा मंसिर ८ गते अपराह्न २ बजे सभा आह्वान गर्ने निर्णय गरेको हो ।

सभाले १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । साथै सभाले आव ०७९–८० मा कम्पनीले कमाएको मुनाफाबाट सेयरधनीलाई ३ करोड रुपैयाँ चुक्ता पुँजीको ७.५ प्रतिशत करसहितको बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यसैगरी सोही सभाले डाइनामिक हाइड्रो इनर्जीको नाममा रहेको चेपेखोला हाइड्रोपावर क्यासकेड आयोजना खरीद गर्ने प्रस्ताव पनि पारित गर्ने प्रस्ताव रहेको छ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको आवश्यक दफा संशोधन गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।