मिर्मिरे लघुवित्तको एफपीओ बाँडफाँड, कतिले पाए सेयर ?


मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ बाँडफाँड भएको छ। लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा एफपीओ बाँडफाँड भएको हो।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथा प्रक्रिया मार्फत एफपीओ बाँडफाँड गरिएको छ ।

कम्पनीको सेयरमा कुल १३ लाख २१ हजार ५३६ आवेदन परेको थियो। सोमध्ये १ हजार ३३३ आवेदन रद्द भएको छ भने १३ लाख २० हजार २०३ आवेदन स्वीकृत भएको छ । १२ हजार ३८१ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । तीमध्ये थप ६ जनाले एक।एक कित्ता गरी कुल ११ कित्ता सेयर हात पारेका पाएका छन् । एक जनालाइ बाँकी रहेकाे ०.४५ कित्ता सेयर बाँडफाँड गरिएकाे छ ।

लघुवित्तले असोज २५ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख २३ हजार ८१६.४५ कित्ता एफपीओ सर्वसाधारणका लागि निष्काशन गरेको थियो।

लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरो सेयर एकाउन्टबाट एफपीओ नतिजा हेर्न सक्नेछन् । साथै, मिर्मिरे लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।