उच्च स्तरीय कर प्रणाली सुधार सुझाव समितिले नै माग्यो ११ विषयमा सुझाव

0
Shares

कर प्रणाली सुधारका लागि सरकारद्वारा गठित उच्च स्तरीय कर प्रणाली सुधार सुझाव समितिले विभिन्न ११ क्षेत्रमा उपयुक्त सुझाव माग गरेको छ । समितिले सूचना प्रकाशित गर्दै ११ वटा विषयमा सुझाव माग गरेको हो।

गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट पूर्वमन्त्री तथा अर्थसचिव विद्याधर मल्लिकको अध्यक्षतामा नेपालको कर प्रणालीमा समसामयिक सुधारका लागि सुझाव दिन चार सदस्यीय समित गठन भएको थियो।

उक्त समितिले विद्यमान आयकर, मूल्य अभिबृद्धि कर, भन्सार महसुल, अन्तःशुल्क, शिक्षा सेवा शुल्क र गैरकर समेत समग्र कर प्रणालीको अध्ययन गर्नेछ । समितिले आगामी चैत्र १५ गते भित्र सरकारलाई उपयुक्त सुझाव पेश गर्नुपर्ने समय सिमा रहेको छ ।

समितिले अध्ययन थालेको र उपयुक्त सुझाव राखेर प्रतिवेदन बनाउनको लागि आगामी पुसभित्र उपयुक्त सुझाव माग गरेको जनाएको छ । समितिले सरकारको कर नीतिको प्रभावकारिता, विद्यमान कर प्रणाली अन्तर्राष्ट्रिय मान्यता तथा नेपालले अन्तर्राष्ट्रिय एवं क्षेत्रीय संगठनमा गरेको प्रतिवद्धताको कार्यान्वयनका विषयमा सुझाव माग गरेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।