आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भूकम्प प्रभावित क्षेत्रका लागि सहयोग स्वरुप १० लाख रुपैयाँ सहयोग गरेको छ ।
इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत जाजरकोट भूकम्पबाट प्रभावितहरुलाई उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा उक्त रकम उपलब्ध गराइएको हो ।
इन्स्योरेन्स कम्पनीले यहि कार्तिक १७ गते कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्पका कारण जाजरकोट, रुकुमपश्चिम लगायत वरपरका जिल्लामा ठूलो जनधनको क्षति भएको र उक्त राहत रकमले भूकम्प प्रभावित क्षेत्रमा उद्दार र राहत पुगोस् भन्ने उद्धेश्य राखेको छ ।
पीडित परिवारहरूप्रति गहिरो समवेदना प्रकट गर्दै समुदायलाई आवश्यकता परेको समयमा यस्तै संस्थागत सामाजिक सहयोग गर्ने कम्पनीको भनाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले जानकारी दिएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया