प्रिज्मार्क मार्केटिङ २८ वर्ष पूरा, अद्वितीय सेवाका लागि प्रसिद्धि कमाएको कम्पनीको दाबी


प्रिज्मार्क मार्केटिङले एकीकृत मार्केटिङ एजेन्सीको रूपमा २८ वर्ष पूरा गरेको छ । सो अवधिमा बहुराष्ट्रिय निगम, बैंक तथा वित्तिय संस्था, अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था, कर्पोरेट व्यवसाय तथा सरकारी क्षेत्रहरू सहित ग्राहकहरूको एक विस्तृत श्रृंखला माझ उत्कृष्ट सिर्जनात्मक कार्य र अद्वितीय सेवाका लागि प्रसिद्धि कमाएको कम्पनीले दाबी गरेको छ ।

‘हाम्रो २८ वर्षको यात्रा, हाम्रा विविध ग्राहकहरूलाई नवीन र प्रभावकारी मार्केटिङ समाधानहरू प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । यसको श्रेय हाम्रो टोलीको समर्पण र हाम्रा मूल्यवान ग्राहकहरूको अटुट समर्थनलाई जाँदछ,’ कम्पनीका कार्यकारी निर्देशक पंकज प्रधानले भने ।

कम्पनीलेआफ्नो बृहत् कार्यकालभरि, प्रिज्मार्क मार्केटिङले उद्योगको गतिशील आवश्यकताहरू पूरा गर्न मार्केटिङ रणनीतिहरूको विकासशील परिदृश्यमा निरन्तर रुपमा रूपान्तरण गर्दै नवीन दृष्टिकोणहरू अँगाल्दै आएको जनाएको छ। यस उपलब्धिले प्रिज्मार्क मार्केटिङको उत्कृष्टता, निरन्तर वृद्धि र एकीकृत मार्केटिङ कम्युनिकेसनको क्षेत्रमा अतुलनीय सेवाहरू प्रदान गर्ने अटल प्रतिबद्धतालाई झल्काएको कम्पनीले बताएको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

 

प्रकाशित मिति: २० कार्तिक २०८०, सोमबार  ११ : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।