भिजि फाउन्डेशनले जाजरकोट तथा रुकुमका भूकम्प पीडितका लागि २१ लाख सहयोग गर्ने भएको छ । विशाल ग्रुप अन्तर्गत भिजि फाउन्डेशनले प्रधामन्त्री दैबी प्रकोप उद्धार तथा राहत कोषमा आर्थिक सहयोगार्थ स्वरुप २१ लाख प्रदान गर्ने घोषणा गरेको हो ।
फाउन्डेशनले शुक्रबारको मध्यरात गएको विनाशकारी भूकम्पबाट पु¥याएको मानवीय तथा संरचनागत क्षतिले अत्यन्त मर्माहित तुल्याएको जनाएको छ । यस्तै फाउन्डेशनले भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्ण नेपालीहरु प्रति श्रदाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया