सोेमबारको तुलनामा मंगलबार अमेरिकी डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ खरिद दर १३२ रुपैयाँ ८५ पैसा र बिक्री दर १३३ रुपैयाँ ४५ पैसा कायम गरिएको छ । हिजो अमेरिकी डलरको भाउ खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा कायम गरिएको थियो ।
यस्तै आज युरोमा सामान्य वृद्धि भएको छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ ८५ पैसा र बिक्री दर १४३ रुपैयाँ ५० पैसा तोकिएको छ । हिजो युरो एकको खरिद दर १४२ रुपैयाँ ६८ पैसा र बिक्री दर १४३ रुपैयाँ ३२ पैसामा किनबेच भएको थियो ।
यता बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ ८९ पैसा र बिक्री दर १६५ रुपैयाँ ६४ पैसा तोकिएको छ । उता कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
आज अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ४६ पैसा र बिक्री दर ८६ रुपैयाँ ८५ पैसा पुगेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । यस्तै मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ६५ पैसा र बिक्री दर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ४१ पैसा र बिक्री दर ३५ रुपैयाँ ५७ पैसा रहेको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २५ पैसा छ भने बिक्री दर १० रुपैयाँ २९ पैसा छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया