सागर डिष्टिलरी लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीले मंसिर १५ गते शुक्रबार रजिष्टर्ड कार्यालयमा प्रथम वार्षिक साधारण सभा बोलाएको हो। सभा बिहान ९ बजे शुरु हुनेछ। सभाले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ ।
यस्तै सभाले प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, नयाँ सञ्चालक समिति गठन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।
यस्तै सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ ।
? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया