नेपाल एसविआई मर्चेन्ट बैकिङ्गमा डिम्याट तथा मेरो सेयर खाता खोल्दा ५० प्रतिशत छुट


नेपाल एसविआई मर्चेन्ट बैकिङ्ग लिमिटेडले डिम्याट तथा मेरो सेयर खाता खोल्न निश्चित अवधिका लागी बम्पर छुट सहितका योजनाहरु सार्वजनिक गरेको छ ।

बैंकले चाडपर्वको अवसरमा धितोपत्र लगानीका अवसर प्राप्त गर्ने, पूँजी बजारमा सहभागिताका साथै, धितोपत्र निस्कासन कम्पनीको पुँजी सुनिश्चितता लागी सघाउ पुग्ने विश्वासले यस्तो योजना ल्याएको हो ।

बैंकले निशुल्क डिम्याट खाता र १ वर्ष डिम्याट तथा मेरो सेयरको नविकरण योजना ल्याएको छ । जसमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ ।डिम्याट खाता खोल्दा लाग्ने सामान्य शुल्क २०० रुपैयाँ भएतापनि ग्राहकको सुविधाका लागि बैंकले १०० रुपैयाँमा नै डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको हो ।

यस्तै बैंकले ४९९ रुपैयाँमा निशुल्क डिम्याट खाता र ५ वर्षसम्म डिम्याट तथा मेरो सेयरको नविकरण गर्ने भएको छ । यस्तै परिवार योजना अन्तर्र्गत बैंकले ३ डिम्याट तथा मेरो सेयर खोल्दा र नविकरणमा, १ निशुल्क अन्यमा ३३.३३ प्रतिशत छुटको व्यवस्था गरेको छ । जहाँ ग्राहकले ४०० रुपैयाँमा डिम्याट तथा मेरो सेयर खाता खोल्न सक्ने छन् ।

यस्तै बैंकले निशुल्क डिम्याट खाता खोली १० वर्ष अवधिको डिम्याट तथा मेरो सेयरको नविकरण ९९९ रुपैयाँमा गर्ने भएको छ । यो योजनामा बैंकले ३५.५५ प्रतिशत छुट दिएको छ ।

निशुल्क डिम्याट खाता खोलीं आजिवन नविकरणमा १ हजार ४९९ रुपैयाँ र निशुल्क डिम्याट खाता खोलीं आजिवन डिम्याट तथा मेरो सेयर नविकरण १ हजार ९९९ गर्ने जनाएको छ । उल्लेखित छुट सहितका सेवा प्राप्त गर्नका लागी, नेपाल एसविआइ बैंकका शाखाहरु तथा, नेपाल एसविआई मर्चेन्ट बैकिङ्गको कार्यालय, ठमेलमा सम्र्पक गर्न सकिनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।