जुम्लाका तीन स्थानीय तहले भूकम्प पीडितलाई आर्थिक सहयोग गर्ने


जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहले भूकम्प पीडितलाई आर्थिक सहयोग गरेका छन् । यही कात्तिक १७ गते शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले जाजरकोट र रुकुम जिल्लामा ठूलो धनजनको क्षति भएको छ ।

उक्त दुखद परिस्थितिको सामना गरिरहेका पीडितलाई सहयोगका लागि तातोपानी गाउँपालिकाले राहतका लागि दस लाख रुपैयाँ दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले जानकारी दिए ।

यसैगरी नेपाल सरकारको दैवी प्रकोप व्यवस्थान कोषमा पाँच लाख रुपैयाँ भूकम्प प्रभावितका क्षेत्रमा सहयोग गर्ने कार्यपालिकाबाट निर्णय भएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले बताइन् ।

भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुनःस्थापना, पुनःनिर्माणलगायत कार्यमा सहयोग पु¥याउन सिञ्जा गाउँपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । जाजरकोट जिल्लाको बारकोट गाउँपालिकामा केन्द्रविन्दु भएर छ दशमलव चार म्याग्नीच्युटको भूकम्पका कारण त्यहाँ ठूलो धनजनको क्षती भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ कार्तिक २०८०, मंगलबार  १२ : १९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।